२०८३ भाद्र ३० मंगलबार

३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, निर्माण अघि बढ्ने

ई आर्थिक    शुक्रबार, साउन २३ २०८२
3.2K
Shares
३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, निर्माण अघि बढ्ने

ई-आर्थिक, काठमाडौं ।  ३४१ मेगावाट क्षमताको प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन पूरा भएको छ। लामो समयदेखि रोकिएको यो आयोजनामा स्वदेशी बैंकहरुले लगानी गर्ने सहमति जनाएसँगै अब निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।

बिहीबार आयोजनाका लागि नौवटा वाणिज्य बैंकहरूबीच सहवित्तीयकरण अन्तर्गत ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो। कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट, बाँकी २५ प्रतिशत कम्पनीको स्वःपूँजीबाट जुटाइनेछ।

बुढीगण्डकी आयोजना अर्ध जलाशययुक्त प्रविधिमा निर्माण गरिनेछ। स्वदेशी स्रोतबाट वित्तीय व्यवस्थापन सुनिश्चित भएपछि यो आयोजना अघि बढ्न बाधा नरहेको आयोजनाका अधिकारीहरुले जनाएका छन्।

यससँगै, साउन महिनाभित्रै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि पनि वित्तीय व्यवस्थापन पूरा भएको छ। यी आयोजनामा पनि वाणिज्य बैंकहरुले सहवित्तीयकरणमार्फत लगानी गर्नेछन्।

ऊर्जा क्षेत्रमा पछिल्लो समय देखिएको आन्तरिक लगानीको वृद्धि सकारात्मक संकेतको रूपमा हेरिएको छ। यस्ता परियोजनाबाट मुलुकको ऊर्जा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij