२०८३ असोज १ बिहिबार

औषधी उत्पादक सङ्घको अध्यक्षमा विप्लव अधिकारी निर्वाचित

ई आर्थिक    बुधबार, साउन २१ २०८२
5.6K
Shares
औषधी उत्पादक सङ्घको अध्यक्षमा विप्लव अधिकारी निर्वाचित

ई–आर्थिक, काठमाडौं । नेपाल औषधी उत्पादक सङ्घ(एपोन)को नयाँ कार्यसमित चयन भएको छ । एपोनको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

सङ्घको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा विप्लव अधिकारी र दीपकप्रसाद दाहालले गरी दुई जनाको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मतले चयन हुनुभएको हो ।

वरिष्ठ अध्यक्षमा प्रभात रुगङ्टा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी, महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक, कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यमा शैलेश वैद्य, पङ्कज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल निर्वाचित हुनुभएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । एपोनको निवर्तमान अध्यक्ष महेशप्रसाद प्रधान हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij