२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियर बुढानीलकण्ठमा २० प्रतिशतसम्म छुट उपलब्ध

ई आर्थिक    बुधबार, साउन १४ २०८२
3.6K
Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियर बुढानीलकण्ठमा २० प्रतिशतसम्म छुट उपलब्ध

ई-आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहक महानुभावहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सकिने  सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जानकारी दिए ।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख  बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले  हस्ताक्षर गरेका छन्  ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij