२०८३ भाद्र ३१ बुधबार

एन आई सी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट उपलब्ध

ई आर्थिक    मंगलबार, साउन ६ २०८२
4.1K
Shares
एन आई सी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट उपलब्ध

ई-आर्थिक, भक्तपुर । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य भएको छ ।

एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको हो  ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)  अर्जुन राज खनियाले बताए ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्न सकिने खनिया बताउछन्  ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij