२०८३ साउन ९ शनिबार

उर्जा सर्वेक्षणको पूर्ण प्रतिवेदनसंग सम्वन्धित मुख्य विषय र निष्कर्षहरुमा अन्तरक्रिया

ई आर्थिक    मंगलबार, साउन ६ २०८२
4.4K
Shares
उर्जा सर्वेक्षणको पूर्ण प्रतिवेदनसंग सम्वन्धित मुख्य विषय र निष्कर्षहरुमा अन्तरक्रिया

ई-आर्थिक, विराटनगर ।  उद्योग तथा व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा भएको उर्जा सर्वेक्षणको पूर्ण प्रतिवेदनसंग सम्वन्धित मुख्य विषय र निष्कर्षहरुमा उद्योग संगठन मोरङमा अन्तरक्रिया भएको छ ।

इन्टर डिसिप्लिनरी एनालिष्ट ( आइडीए) ले उद्योग व्यवसाय क्षेत्रमा हुने ट्रिपिङ, लो भोल्टेज, फल्क्च्यूएशन लगायत उर्जासंग सम्वन्धित विविध विषयहरुमा देश भरि र उद्योग संगठन मोरङको समन्वयमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग व्यवसायहरुमा गतवर्ष असोजमा सर्वेक्षण गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई उर्जासंग सम्वन्धी वहस र पैरवीमा सहयोग पुग्ने वताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा उर्जा व्यवस्थापनका लागि अपनाउनु पर्ने सुधारका सम्वन्धमा सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गराई प्राप्त उर्जाको वास्तविक अवस्थाबाट अवगत गराउदै गुणस्तरमा सुधारका लागि पहल गर्ने स्पष्ट पारे ।

कार्यक्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले ठूला, मझौला, साना, कुटिर र परम्परागत शिपबाट सञ्चालित उद्योग÷व्यवसायहरुमा सर्वेक्षण गरिएको जानकारी गराए । उनले सर्वेक्षणको क्रममा उद्योगले प्रयोग गर्ने ईन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त उर्जाको गुणस्तर जस्ता कुरालाई ध्यानमा राखीएको बताए । त्यसैगरी उर्जा दक्षता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, उर्जा खपत न्यूनिकरणका उपायलाई केन्द्रमा राखी गरिएको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना वनाउदा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिवदेन प्रस्तुतीको क्रममा डा. शर्माले उद्योग व्यवसाय क्षेत्रको अवस्थालाई मनन गरी नीतिहरु तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगहरुको संरक्षणका लागि उर्जामा सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्रँप्त भएको वताए ।

उर्जा सर्वेक्षणको प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन कावरा, सुवोध कोईराला, कार्यसमिति सदस्य एवं उर्जा समितिका संयोजक सन्तोष भगत, जयेन्द्र शर्मा, बीरेन्द्र राठी, सौरभ सारडा, सिद्धार्थ कावरा, किरण ब्यास, पारस गोल्छा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहका साथै उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरुको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij