२०८३ साउन १० आइतबार

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा १० प्रतिशत छुट उपलब्ध

ई आर्थिक    शुक्रबार, साउन २ २०८२
4.2K
Shares
एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य,  डिजिटल भुक्तानीमा १० प्रतिशत छुट उपलब्ध

ई-आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख  बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij