२०८३ साउन १० आइतबार

एनआई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

ई आर्थिक    बुधबार, असार ३२ २०८२
3.2K
Shares
एनआई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

ई-आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच यस बैंकका ग्राहक महानुभावहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहक हरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुन्छ ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहक महानुभावहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij