ई–आर्थिक, काठमाडौं । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गर्नुभएको थियो । सरकारको एक वर्ष उपलब्धिपूर्ण रह्यो । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरु सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले हामीले एक वर्ष व्यतित गरेका छौँ । हाम्रा उपलब्धि गर्व गर्न लायक रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन् । नेपाल टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।