२०८३ भाद्र २९ सोमबार

सुनकोशी–मरिणको काम ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर गरिने

ई आर्थिक    सोमबार, असार २३ २०८२
5.9K
Shares
सुनकोशी–मरिणको काम ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर गरिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले बाँकी कामका लागि ठेकेदारसँग कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन मन्त्रालय लागि परेको बताउनुभयो । “गत असोजको बाढीले आयोजनामा केही क्षति पुगेको, क्षतिको बिमा दाबी रकम प्राप्त नभएकाले आर्थिक अभाव भएको निर्माण पक्षको भनाइ छ,” उहाँले भन्नुभयो, “नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ ।”
मन्त्री खड्काले पूर्वाधार समितिमा विचाराधीन विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई सँगै अगाडि बढाएर पारित गर्न समितिलाई आग्रह गर्नुभयो । “कुनै एक विधेयकलाई अगाडि बढाएर अर्को विधेयक रोक्नु पर्छ भन्ने छैन, दुवै विधेयकलाई छिट्टै टुङ्ग्याउनु पर्छ,” उहाँले भन्नुभयो । उहाँले जलस्रोत विधेयक राष्ट्रिय सभामा पुगेको र चाँडो पेस हुने बताउनुभयो ।  उहाँले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी विद्युत् बक्यौता उठाउनका लागि समिति बनाएर छानबिन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij