२०८३ साउन १० आइतबार

चिरखुवा खोलामा बन्यो पाँच करोड ६२ लाखको पक्की पुल

ई आर्थिक    शुक्रबार, असार २० २०८२
4.8K
Shares
चिरखुवा खोलामा बन्यो पाँच करोड ६२ लाखको पक्की पुल

भोजपुर । चिरखुवा खोलामा ५ करोड ६२ लाख रुपैयाँको लागतमा २०.६० मिटर लामो पक्की पुल बनेको छ।

पूर्वाधार विकास कार्यालयमार्फत बनेको यो पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन्। यो रकम कोशी प्रदेश सरकारले दिएको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलाको पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। पुलमा हल्का सवारी साधन पनि चल्न थालेका छन्। जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij