२०८३ साउन ११ सोमबार

बजारमा सिमेन्ट र डन्डीको मूल्य घट्यो

ई आर्थिक    सोमबार, असार १६ २०८२
3.1K
Shares
बजारमा सिमेन्ट र डन्डीको मूल्य घट्यो

ई-आर्थिक, काठमाडौं ।  बजारमा पछिल्लो समय सिमेन्ट तथा डन्डीको मूल्य घटिरहेको छ ।  गत चैत्रमा बजारमा सिमेन्ट तथा डन्डीको मूल्यमा व्यापक रुपमा बढेको थियो । बजारमा ५ सयमा प्रतिबोरा विक्री गरिदै आएको सिमेन्ट प्रतिबोरामा ३०० सम्म बढेर ९०० सम्म पुगेको सिमेन्टको मूल्य अहिले सामान्य अवस्थामा फर्कन थालेको छ ।

अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा ५० देखि एक सय तथा डन्डीमा प्रतिकेजी पाँच रुपैयाँसम्म घटेको व्यवसायीहरु बताउछन् ।

बजारमा ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ६ सय देखि ९०० र  पीपीसी सिमेन्टको मूल्य ५०० सय देखि ८ सय ५० सम्म सम्म पुगेर बजारमा चरम मंहगिएको थियो ।

उद्योगीहरुले विद्युत प्राधिकरणले विद्युत कटौती गरेको बाहाना बनाउदै व्यापारमा घाटा भएको भन्दै मूल्यलाई आफ्नो सहजताभन्दै मूल्यमा कार्टेलिङ गरि बढाएका थिए ।  सिमेन्ट र डन्डीको उत्पादन गर्ने उद्योगमा लोडसेडिङ घटेर उत्पादनमा सहज भएको र माग पनि विगत भन्दा केही घटेकाले मूल्य घटेको उद्योगीहरुले  जानकारी दिए ।

अहिले ओपिसी सिमेन्ट प्रतिबोरा  ८ सय देखि ८४० सम्म र पिपिसी सिमेन्ट प्रतिबोरा ७०० देखि ७७० रुपैयाँसम्म चलेको छ ।  डन्डीमा प्रतिकेजी ९० देखि ९५ रुपैयाँ कारोबार भएको डन्डीमा पाँच रुपैयाँ घटेर प्रतिकेजी ८५ देखि ९० रुपैयाँमा किनबेच भएको छ ।

सिमेन्ट र डन्डीको मूल्यमा कालोबजारी तथा कार्टेलिङ, सरकार रमिता हेर्दै

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij