२०८३ साउन १० आइतबार

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ सहयोग

ई आर्थिक    आइतबार, असार १५ २०८२
6.6K
Shares
नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ सहयोग

ई-आर्थिक, लुम्बिनी ।  नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री तथा आगन्तुकलाई सुविधा प्रदान गर्ने, साथै पैदलमार्ग निर्माण तथा मर्मतका काममा खर्च गरिनेछ ।

भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराले कोषका सदस्य सचिव सानुराजा शाक्यलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, गोपालप्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, साथै कोषका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि यस्ता गतिविधि गर्दै आएको जनाएको छ ।

बैंकले ३१ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ र हाल १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij