२०८३ साउन ११ सोमबार

सिटिजन्स बैंकको नयाँ सुविधामा मोबाइल एपबाटै मुद्दती निक्षेपमा कर्जा पाइने

ई आर्थिक    बुधबार, असार ११ २०८२
3K
Shares
सिटिजन्स बैंकको नयाँ सुविधामा मोबाइल एपबाटै मुद्दती निक्षेपमा कर्जा पाइने

ई-आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूको वित्तीय आवश्यकतालाई सहज र छिटो सम्बोधन गर्न मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स डिपोजिट’ सेवा सुरु गरेको छ।

अब बैंकका ग्राहकहरूले आफ्नो नाममा रहेको मुद्दती निक्षेप (Fixed Deposit) को आधारमा अचानक पर्ने आवश्यक खर्चका लागि घरमै बसेरै कर्जा लिन सक्नेछन्। बैंकले यो सेवा डिजिटल पहुँचलाई प्राथमिकता दिँदै ल्याएको हो, जसमा कुनै पनि भौतिक कागजात पेश गर्नुपर्ने छैन।

यस योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५ हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्नेछन्। कर्जा रकम मुद्दती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म लिन सकिनेछ। प्रक्रिया पूर्णतः मोबाइल एपमार्फत हुनेछ र स्वीकृत कर्जा रकम आवेदकको बचत खातामा तुरुन्तै जम्मा गरिनेछ।

बैंकले ग्राहकको समय, श्रम र स्रोतको संरक्षण गर्दै सेवा प्रणालीलाई थप प्रभावकारी र सहज बनाउने लक्ष्यका साथ यो सेवा सुरु गरेको जनाएको छ। बैंकका अनुसार डिजिटल सेवा विस्तारमार्फत बैंकिङ पहुँचलाई देशभर सुलभ बनाउँदै लैजाने रणनीतिक योजनाअन्तर्गत यो सेवा थप गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij