२०८३ साउन ९ शनिबार

धनुषा र सिरहा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने छ: प्रधानमन्त्री ओली

ई आर्थिक    मंगलबार, असार १० २०८२
1.9K
Shares
धनुषा र सिरहा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने छ: प्रधानमन्त्री ओली

ई-आर्थिक, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा जवाफ दिँदै उनले यस्ताे दाबी गरेका हुन्।

पराष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा सांसदहरूको स्पष्टीकरणमाथि जवाफ दिँदै उनले उक्त पुल छिटो बन्नेमा ढुक्क हुन आग्रह गरे।

अहिलेको सरकारले सबै ठाउँमा आवश्यक बाटा घाटा र निर्माणमा ध्यान दिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै विषयमा सरकारले आवश्यक र उचित काम गर्ने स्पष्ट गरे।

‘राष्ट्रिय हितका सन्दर्भमा सजग रहेर विश्व शान्ति र न्यायका पक्षमा सदैव हामी छौँ। हाम्रो असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छौँ’ प्रउनले भने, ‘प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन। हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौँ। कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा संकिर्ण सोचमा हामी हुन्नौँ।’

प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए नउठाए पनि निजामति विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने दाबी गरेका छन्। यस्तै दैलेखमा उत्खनन् भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुनेगरी काम गरिने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij