२०८३ साउन १० आइतबार

मन्थलीको तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै दोस्रो पल्ट भाँचियो

ई आर्थिक    आइतबार, असार ८ २०८२
3.4K
Shares
मन्थलीको तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै दोस्रो पल्ट भाँचियो

ई-आर्थिक, रामेछाप  । निर्माण समपन्न नहुदै मोटेरेबल पुल भाँचिएको छ । रामेछाप मन्थली नगपालिका स्थितर रहेको ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै दोस्रो पल्ट भाँचिएको स्थानीय प्रशासनले जानकारी दियो ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने  तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको हो । आइतबार बिहान  पक्की पुलको एउटा स्पान भाँचिएर खसेको  स्थानीयले बताए ।

उक्त पुलको निर्माण  कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको थियो ।  गत बैशाखमा पनि सो पुलको एउटा स्ल्याब  भाँचिएको थियो ।

यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।

सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८/७९ सो पुल ठेक्का लगाइएको थियो । सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।

पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो ।  यो पुल मन्थली नगरपालिका-६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij