२०८३ साउन ९ शनिबार

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण सम्बन्धि विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु

ई आर्थिक    आइतबार, असार ८ २०८२
6K
Shares
‘नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण सम्बन्धि विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु

ई-आर्थिक, काठमाडौं । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धि विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्नका सैद्धान्तिक छलफल सुरु भएको हो ।

प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सो विधेयकबारे छलफल सुरु गरिएको हो ।

सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदमा , ‘‘सरकारको तर्फबाट यो विधेयक कुनै संस्था टुक्याउने उद्देश्यले होइन, व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको  बताएका छन् ।

उनका अनुसार विधेयकमा आठवटा प्रमुख सूचक समावेश छन् । कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधनमार्फत अघि बढ्ने सहमति पनि भइसकेको भन्त्री पाण्डेले बताए।

हवाई दुर्घटनापछि पाउने बिमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबिच देखिएको भिन्नतालाई हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए  । विधेयकमा परेका संशोधन प्रस्तावहरूबारे अब सहमतिमै विस्तृत छलफल हुने समितिले जनाएको छ ।

संसदको प्राथमिकतामा रहेको यो विधेयकमा ७५ जना सांसदहरूले सक्रियताका साथ भाग लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij