ई-आर्थिक, काठमाडौं । एन आई सी एशिया क्यापिटलद्धारा संचालित “एन आई सी एशिया ग्रोथ फण्ड” को खारेजी तथा इकाई धनीहरुलाई रकम फिर्ता भुक्तानी गर्ने भएको छ ।
एन आई सी एशिया बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित प्रति इकाई अंकित मुल्य रु.१० दरका ८,३५,२०,००० (आठ करोड पैतिस लाख बिस हजार) इकाई रहेको “एन आई सी एशिया ग्रोथ फण्ड” ७ वर्षे बन्दमुखी योजना मिति २०८१/११/ २८ गते परिपक्व भएको व्यहोरा सहर्ष जानकारी गराउदछौं ।
सोहि सम्बन्धमा सामूहिक लगानी कोष नियमावली २०६७ को परिच्छेद ७, दफा ३२ (३) बमोजिम योजना खारेज गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त भएको तीन महिनाभित्र कोष व्यवस्थापकले त्यस्तो योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी सहभागीहरुलाई ईकाइको स्वामित्वको अनुपातमा भुक्तानी दिनु पर्ने व्यवस्था अनुरुप बोर्डबाट मिति २०८१/१२/ १२ गतेको पत्र मार्फत उक्त एन आई सी एशिया ग्रोथ फण्डको खारेजी प्रक्रिया अघि बढाउन स्विकृति प्राप्त भए बमोजिम यस क्यापिटलले सो एन आई सी एशिया ग्रोथ फण्डको नाममा रहेको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गर्ने कार्य समाप्त भईसकेको छ ।
उक्त योजनाको हिसाव मिलान गरी इकाईधनीहरुलाई यहि मिति २०८२ साल आषाढ ९ गतेदेखि सम्बन्धित इकाईधनीको हितग्राही खातामा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी गर्न लागिएको हुँदा योजनाको इकाई रहेको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नभएको वा परिवर्तन भएको खण्डमा अद्यावधिक गर्नुहुन विनम्र अनुरोध गर्दछौं ।