२०८३ साउन ११ सोमबार

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

ई आर्थिक    आइतबार, असार १ २०८२
3.2K
Shares
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

ई-आर्थिक, काठमाडौं । आजबाट  ४० मेगावाट विद्युत बंगलादेश निर्यात भएको छ  । नेपाल विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको जानकारी दियो ।

आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भैसकेको र विद्युत बंगलादेश पठाइसकेको  विद्युत प्राधिकरणले जानकारी दियो  ।

बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको थियो  । विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको क्षण भएको बताएका छन ।  उनले भने “बङ्गलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो ।

नेपालले बंगलादेशलाई हरेक वर्ष वर्षायामको ५ महिना (जुन १५ देखि नोभेम्बर १५ सम्म) विजुली बेच्न पाउने छ । जुन नेपाल भारत तथा बंगलादेशसंग गरिएको त्रिपक्षीय सम्झौतामा उल्लेख छ । नेपालले  पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij