२०८३ साउन ९ शनिबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०८२
3.1K
Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

ई–आर्थिक, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपियाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij