२०८३ भाद्र ३१ बुधबार

सिटिजन्स बैंकद्वारा बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण एवं गण्डकी प्रदेशमा बृक्षारोपण

ई आर्थिक    बुधबार, जेष्ठ २८ २०८२
3.8K
Shares
सिटिजन्स बैंकद्वारा बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण एवं गण्डकी प्रदेशमा बृक्षारोपण

ई-आर्थिक, काठमाडौं । सिटिजन्स बैंकद्वारा बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण एवं विश्व वातावरण दिवसको उपलक्ष्यमा गण्डकी प्रदेशमा बृक्षारोपण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको हो  ।

करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २७ गते मंगलबारको दिन गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का, पोखरामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम पोखरा कास्की वडा नम्बर १५ मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij