२०८३ असोज ३ शनिबार

‘टेक एण्ड पे’ व्यवस्था खारेज गर्न इप्पानको माग, देउवालाई ज्ञापनपत्र बुझाइयो

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
6.7K
Shares
‘टेक एण्ड पे’ व्यवस्था खारेज गर्न इप्पानको माग, देउवालाई ज्ञापनपत्र बुझाइयो

ई-आर्थिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आगामी आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको ‘टेक एण्ड पे’ (लिउ र तिर) विद्युत खरिद सम्झौता (पीपीए) को प्रावधान खारेज गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारीहरु । एकल विद्युत खरिकर्ता मात्रै भएको अवस्थामा टेक एण्ड पे मा विद्युत खरिदको सुनिश्तिता नहुने र बैंकले ऋण लगानी पनि नगर्ने हुँदा सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादन सम्भव नहुने, प्रवर्द्धकले अध्ययनमा लगानी गरेको ६६ अर्ब रुपैयाँ डुब्ने र १७ हजार मेगावाटका आयोजनाको भविश्य अनिश्चित हुने हुँदा उक्त बुँदा खारेज गर्न अध्यक्ष कार्कीले आग्रह गरेका छन्  ।

सभापति देउवाले उक्त विषयमा ऊर्जा र अर्थमन्त्रीसँग टेलिफोन संवाद गर्दै इप्पानका समस्या वार्ताबाट समाधान गर्न निर्देशन दिनुभयो ।

भेटमा इप्पानबाट अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष रामप्रसाद आचार्य, उत्तम भ्लोन, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव विक्रम बिष्ट, कार्यसमिति सदस्य शंकर बश्याल, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, सल्लाहकार कृष्णप्रसाद भण्डारी, प्रवर्द्धक विनोद देवकोटा लगायत सहभागी थिए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij