२०८३ भाद्र ३० मंगलबार

सुनको मूल्य भारीमात्रामा बढ्यो, सुनको मूल्य तोलाको दुई लाख नजिक

ई आर्थिक    मंगलबार, जेष्ठ २० २०८२
3.1K
Shares
सुनको मूल्य भारीमात्रामा बढ्यो, सुनको मूल्य तोलाको दुई लाख नजिक

ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्य फेरि एतिहासिक रेकर्डमा पुग्न थालिसकेको । केहीदिनदेखि घटिरहेको सुनको मूल्य आज फेरी भारी रुपमा बढेको छ । मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

बजारमा सुनको मूल्य करिव दुई लाख नजिक पुगेको छ ।  आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा पनि ५५ रुपैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दियो । अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ भने मंगलबारको कारोबार मूल्य हालसम्मकै उच्चस्तरमा पुगेको हो।

चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढ्दै २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको थियो।

सुनचाँदीको मूल्यमा बढ्नुको कारणमा  अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागको अवस्था र अमेरिकी डलरको मूल्यजस्ता  कारणले भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij