२०८३ साउन ९ शनिबार

मोटरसाइकलमा भाडामा यात्रु बोक्न नपाइने भन्दै गण्डकीका यातायात व्यवसायी विरोधमा

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
4.2K
Shares
मोटरसाइकलमा भाडामा यात्रु बोक्न नपाइने भन्दै गण्डकीका यातायात व्यवसायी विरोधमा

ई-आर्थिक, पोखरा ।  गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका सवारीसाधनले पनि यात्रु बोक्न पाउने विषयलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन्।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर उक्त नियमावली खारेज हुनुपर्ने बताएको छ।

प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको हो।संघर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले ‘राइड सेयरिङ’ नियमावलीलाई प्रदेश सरकारले फिर्ता नलिए शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरिने बताए।

प्रदेश सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिन नियमावली जारी गरेको जनाएको छ।

सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानूनी व्यवस्था गर्न आदेश दिएको थियो।

यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै ‘राइड सेयरिङ’को विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij