२०८३ असोज १ बिहिबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशतसम्मको छुट

ई आर्थिक    बुधबार, जेष्ठ १४ २०८२
3.3K
Shares
सिद्धार्थ  बैंकका ग्राहकहरुलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशतसम्मको छुट

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले लाइल्याक वेलनेस एण्ड स्पा बौद्धसँग छुट सम्बन्धी विशेष साझेदारी सम्झौता गरेको छ। जेठ १४ गते काठमाडौंमा सम्पन्न उक्त सम्झौता अनुसार बैंकका ग्राहकले लाइल्याक स्पाको सम्पूर्ण सेवामा अधिकतम १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो छुट सुविधा काठमाडौंस्थित लाइल्याक वेलनेस एण्ड स्पामा उपलब्ध हुनेछ, जहाँ सिद्धार्थ बैंकका प्लेटिनम डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले यो छुट प्राप्त गर्नेछन्। बैंकले यो पहलबाट नगद कारोबारभन्दा डिजिटल माध्यमलाई प्रवर्द्धन गर्ने विश्वास लिएको छ।

सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गमार्फत ग्राहकलाई सुरक्षित, सहज र आधुनिक सेवा दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै, विविध क्षेत्रका व्यवसायसँग सहकार्य गर्दै आएको छ। यस सम्झौतामार्फत ग्राहकले स्वास्थ्य र सुस्वास्थ्यसम्बन्धी सेवामा सुविधा पाउने मात्र नभई, डिजिटल कारोबारप्रतिको विश्वास र आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ।

ग्राहकले लाइल्याक स्पाबाट विभिन्न वेलनेस, रिल्याक्सेसन, थेराप्युटिक सेवा उपयोग गर्दा छुट सुविधा लिन सक्नेछन्। साथै, बैंकले ग्राहकहरूलाई अझ सरल र निरन्तर सेवा प्रवाह गर्न २४ सै घण्टा उपलब्ध ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमार्फत आवश्यक जानकारी प्राप्त गर्न आग्रह गरेको छ।

सिद्धार्थ बैंकले आफ्ना ग्राहकको जीवनशैली र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने खालका साझेदारी विस्तार गर्दै, ग्राहक सन्तुष्टिमा केन्द्रित सेवामार्फत आधुनिक बैंकिङ्गको नयाँ धारणा प्रस्तुत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij