२०८३ साउन ९ शनिबार

कोशी प्रदेशसभाको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

ई आर्थिक    आइतबार, जेष्ठ ११ २०८२
2.9K
Shares
कोशी प्रदेशसभाको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

ई-आर्थिक, विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

बैठकमा सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा संशोधन प्रस्ताव पेस गरेका थिए। तर, सभाले उक्त्त संशोधन प्रस्ताव बहुमतले अस्वीकर गरेको छ।

नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिएका थिए। नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध छ भनेका थिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij