ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठककबाट राष्ट्र बैंकको १८ औं गभर्नरमा पूर्व योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल नियुक्त भएका हुन। मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले पौडेललाई नियुक्त गरेको हो ।
गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सफारिस थियो । ।
गभर्नर सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा छन् भने पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेका थिए ।
मन्त्रिपरिषद्को बैठकबाट सिफारिस तीन सदस्यमध्यबाट डा. पौडेललाई १८ औं गभर्नरमा नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
भाग्यमानी पौडेलले सत्तारुढ दलबाट ‘ग्रिन सिग्नल’ पाएसंगै राष्ट्र बैंकको गभर्नर पदका आकांक्षी योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्व पौडलले सर्वोच्च अदालतबाट पनि ‘ग्रिन सिग्नल’ पाएका थिए ।
पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्। उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन्। प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र आर्थिक इतिहास उनका प्रमुख अध्ययन र अनुसन्धान क्षेत्र हुन्।
हाल उनी काठमाडौं विश्वविद्यालयको व्यवस्थापन स्कुलमा प्राध्यापकका रूपमा कार्यरत छन्।