ई-आर्थिक, काठमाडौं । गभर्नर सिफारिस समितिको बैंठक सम्पन्न भएको छ । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।
गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सफारिस गरेको । जसमध्ये पहिलो नम्बरमा विश्व नम्बरको नाम रहेको छ भने दोस्रो नम्बरमा कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।
आज अपराह्न ४ बजे सुरु भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका थिए ।
गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ ।
गभर्नर सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा छन् भने पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य छन्।
आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट सिफारिस तीन सदस्यमध्यबाट एक जना १८ औं गभर्नरमा नियुक्त हुनेछन् ।