२०८३ असोज १ बिहिबार

सिटिजन्स बैंक इन्टरनेसनल बैंकका ग्राहकले क्लब ‘१०एक्स’मा विशेष छुट पाउने

ई आर्थिक    सोमबार, जेष्ठ ५ २०८२
4.2K
Shares
सिटिजन्स बैंक इन्टरनेसनल बैंकका ग्राहकले क्लब ‘१०एक्स’मा विशेष छुट पाउने

ई-आर्थिक, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ठमेलमा रहेको क्लब १०एक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले क्लब १०एक्स मा २० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १८ लाख ८८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij