२०८३ साउन ९ शनिबार

फेरी बढ्यो सुनको मूल्य, तोलाको २ लाख नजिक

ई आर्थिक    मंगलबार, बैशाख ९ २०८२
5K
Shares
फेरी बढ्यो सुनको मूल्य, तोलाको २ लाख नजिक

ई-आर्थिक, काठमाडौं ।  बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ । बजारमा केहीदिनयता सुनको मूल्यले एतिहासिक रेकर्ड बनाएको छ ।

बजारमा निरन्तर  उचाइतर्फ लागेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च रहदै  प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको हो ।

मंगलबार प्रतितोला ६ हजार ९ सय रूपैयाँले बढेर सुन कीर्तिमानी बिन्दुमा पुगेको हो।

सोमबार  तोलामै एक लाख ९१ हजार रूपैयाँ पुगेको थियो ।  सोमबार प्रतितोला एक हजार दुईसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको थियो ।

बजारमा सुनको मूल्य बढेको हिसाव हेर्दा छिट्टै २ लाख भन्दा माथि जाने व्यवसायीहरु बताउछन् ।

विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य बढेको हो ।

त्यस्तै अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको आकंलन गर्न सकिन्छ ।

बजारमा आइतबार सुन प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। यसअघि गएको बिहीबार सुन उच्च मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज  चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँ बढेकाे संघले जनाएकाे छ। साेमबार ताेलाकाे १ हजार ९६० रूपैयाँमा काराेबार भएकाे चाँदी, यस दिन १ हजार ९७० रूपैयाँमा काराेबार भइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij