२०८३ भाद्र ३० मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढ्यो

ई आर्थिक    बुधबार, बैशाख ३ २०८२
6.7K
Shares
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढ्यो

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी बृद्धी भएको छ । बजारमा सुनको मूल्यमा  उतारचढाव भैरहदा आज सुनले एतिहासिक रेकर्ड बनाएको छ ।  गत चैत्र  ३१ गते बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो।

आज  सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बैशाख २ गते सुन  सुनको मूल्यम  प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस अघि गत चैत ३१ गते यस्तो सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।

बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

बजारमा सुनको मूल्य बढेको हिसावमा छिट्टै २लाख भन्दा माथि जाने व्यवसायीहरु बताउछन् । विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको  व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा  लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij