ई-आर्थिक, काठमाडौं । नयाँ वर्ष २०८२को कारोबारको पहिलो दिन सुनको मूल्य घटेको छ । बजारमा सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्यम प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी संघले जानकारि दियो । गत आईतबारको बजारमा सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।
गत बिहीबारदेखि आईतबारसम्म सुनको मूल्यले निरन्तर उच्च रुपमा बढ्दै गएको थियो ।
बजारमा चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले बतायो । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।