२०८३ साउन १० आइतबार

लुम्बिनी विकास बैंक एनपीएस, एनसीएस र नेपाल पे कार्डमा आवद्ध

ई आर्थिक    मंगलबार, चैत्र २६ २०८१
6.7K
Shares
लुम्बिनी विकास बैंक एनपीएस, एनसीएस र नेपाल पे कार्डमा आवद्ध

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस-एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। उक्त सम्झौतामा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस (एनसीएस)को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै, बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम, नेपाल पे कार्ड, इश्यूइङ र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। यस अनुरूप, लुम्बिनी विकास बैंकले अब नेपाल पे कार्डमा ग्राहकहरुको कार्ड इश्यू र अक्वायर गर्न सक्नेछन्।

एनपीएस(एनसीएस लाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै, डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर(बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ। यस कार्यान्वयनसँगै नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने लक्ष्य राखिएको छ।

लुम्बिनी विकास बैंक नेपालभरिका ८९ शाखा र २० एटीएम टर्मिनल मार्फत ६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ। यस साझेदारीले डिजिटल बैंकिङ्गमा थप नवप्रवर्तन र दक्षता ल्याउने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij