२०८३ साउन १० आइतबार

चार महिनापछि सुकेटार विमास्थलमा हवाइ उडान सुरु

ई आर्थिक    आइतबार, चैत्र २४ २०८१
2K
Shares
चार महिनापछि सुकेटार विमास्थलमा हवाइ उडान सुरु

ई-आर्थिक, ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमास्थलमा  हवाइ उडान सुरु भएको छ । उडान स्थगन भएको  करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको हो  । सुकेटार विमास्थलमा  गत मङ्सिर २८ गतेदेखि बन्द रहेको थियो ।

नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु गरेको छ । शुक्रबार तालिका तय भए पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । काठमाडौंबाट पाँच जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिए

उनका अनुसार ताप्लेजुङबाट पुरुष चार र महिला दुई जना गरी ६ जना काठमाडौं प्रस्थान गरेका छन् ।

नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि चार महिनादेखि हवाई उडान ठप्प भएको थियो ।  आगामी उडान तालिका तत्काल आई नसकेको निगमले जनाएको छ । सातामा एक दिनमा उडान तालिका राख्दै आएको र वैशाखपछि थप गरिने तयारीमा रहेको बताइएको छ ।

मौसमका कारण पटक–पटक जहाज अवतरण हुन नसक्दा आवतजावत गर्ने यात्रुको सङ्ख्यामा कमी भएको निगमले उल्लेख गरेको छ । अवतरण अनिश्चित बन्दा यात्रुको सङ्ख्यामा कमी आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij