ई-आर्थिक, काठमाडौं । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसीएचएलले रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत हुने ५ सय रूपैयाँसम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ।
कनेक्ट आईपीएसको वेब/मोबाइल एप, बैंक वित्तिय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने क्यास इन/आउटलाई पूर्णरुपमा नि:शुल्क गरिएको छ।
चैत १९ गतेबाटै उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्यान्वयनमा छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाएपछि मोबाइल बैंकिङ तथा वालेटमा पनि क्रमिक रूपमा लागु हुने कम्पनीले जनाएको छ।
आरपीएसमार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ रूपैयाँ र ८ रूपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ। साथै उक्त कारोबार शुल्कमा कानूनबमोजिमको भ्याट थप हुने व्यवस्था रहेको छ।
कारोबार संख्यामा वृद्धिसँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको जनाएको छ।
हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाइल बैंकिङ एपमा आरपीएस/कनेक्ट आईपीएसबाट फण्ड ट्रान्सफर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढी वालेटहरुमा बैंक खाताबाट क्यास इन/आउटको सेवा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
कारोबार संख्यामा बृद्धी सँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएल ले लिँदै आएको छ । आरपीएस् मार्फत गत आर्थिक वर्षमा ने. रु. ५,६९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ने. रु. ४,५५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।
एनपीएस् अन्तर्गतको आरपीएसले बैंक वित्तीय संस्था एक्एकरएक्इक लगायतका संस्थाहरुलाई भुक्तानीहरु गर्न सकिने प्ल्याट्फर्म प्रदान गर्दै आएको छ । आरपीएसमा रु २० लाख प्रति कारोबार सीमा रहेको छ भने च्यानल तथा गकभक अबकभक बमोजिम एउटै बैंकमा गरिने कारोबारको उक्त सीमा रु १ करोड प्रति कारोबार सम्म रहेको छ ।