२०८३ साउन १२ मंगलबार

टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु

ई आर्थिक    सोमबार, चैत्र १८ २०८१
4.8K
Shares
टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु

ई-आर्थिक, तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ ।

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

तीन महिनापछि सोमबार बिहान ११.३० मा अवतरण गरेको जहाजले दुई यात्रु लिएर उडेको छ ।

नेपाल एयरलाइन्सका तुलसीपुरका प्रतिनिधि बलबहादुर सुनारका अनुसार निगमका जहाज मर्मतपछि सोमबारदेखि नियमित उडान भरेको हो । उनका अनुसार काठमाडौँबाट ११ जना यात्रु लिएर आएको विमानमा दाङबाट दुई जना यात्रु लिएर फर्किएको छ । अब भने प्रत्येक हप्ता सोमबार र बिहीबार उडान गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij