२०८३ असोज ४ आइतबार

नबिल बैंकको कामु सीईओको जिम्मेवारी मनोज ज्ञवालीलाई

ई आर्थिक    बुधबार, चैत्र १३ २०८१
8.3K
Shares
नबिल बैंकको कामु सीईओको जिम्मेवारी मनोज ज्ञवालीलाई

ई-आर्थिक, काठमाडौं ।  नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजिनामा  दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

ज्ञवाली गएको पुस १५ मा सिनियर डीसीइओमा बढुवा भएका थिए । बढुवाअघि उनी बैंकको डीसीइओ थिए भने त्यसअघि महाप्रबन्धकको रुपमा कार्यरत थिए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij