२०८३ असोज ४ आइतबार

सिटिजन्स बैंकका ग्राहकलाई ‘द मल्ल’ होटलमा १५ प्रतिशतसम्मको आकर्षक छुट

ई आर्थिक    मंगलबार, चैत्र १२ २०८१
5.8K
Shares
सिटिजन्स बैंकका ग्राहकलाई ‘द मल्ल’ होटलमा १५ प्रतिशतसम्मको आकर्षक छुट

ई-आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको लेखनाथ मार्गमा रहेको द मल्ल होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सो समझदारी पत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij