२०८३ साउन ११ सोमबार

८ महिनामा ५३ अर्ब २६ करोडको सामान निर्यात, सबैभन्दा धेरै भटमासको तेल

ई आर्थिक    मंगलबार, चैत्र १२ २०८१
5K
Shares
८ महिनामा ५३ अर्ब २६ करोडको सामान निर्यात, सबैभन्दा धेरै भटमासको तेल

ई-आर्थिक, पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ।

बितेका आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो।

यसैगरी ४ अर्ब ८८ करोड बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij