२०८३ असोज ४ आइतबार

ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ मा विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ई आर्थिक    सोमबार, चैत्र ११ २०८१
3.8K
Shares
ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ मा  विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ई-आर्थिक, काठमाडौं ।  ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२५’ को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ।

बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा सञ्चालन गरेको हो। बैंकले ग्लोेबल मनी विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवतीहरुको सहभागिता रहेको थियो।

नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका बैंकले जनाएको छ।

आफ्नो ३ सय ५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको ग्लोबल आईएमई बैंकले आयोजना गरेको बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बताइएको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याइरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij