२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशैभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई आर्थिक    सोमबार, चैत्र ११ २०८१
4.2K
Shares
सिटिजन्स बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशैभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई-आर्थिक,काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना ४९ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेको छ।

‘थिंक बिफोर यू फलो, वाइज मनी टूमरो’ भन्ने मूल नाराका साथ चैत ४ देखि १० गतेसम्म सञ्चालन भएको ‘ग्लोबल मनी विक’ हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरी सम्पन्न गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो। यससँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो।

नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत उक्त कार्यक्रमबाट आग्रह गरिएको थियो। यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij