२०८३ साउन १० आइतबार

एनआईसी एसिया󠆫 बैंकद्वारा २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

ई आर्थिक    सोमबार, चैत्र ११ २०८१
7K
Shares
एनआईसी एसिया󠆫 बैंकद्वारा २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

ई-आर्थिक, काठमाडौं ।  एनआईसी एसिया󠆫 बैंक लिमिटेडले  नयाँ वर्ष  विस २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ।

नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर आकर्षक साजसज्जासहित डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको बैंकले जनाएको छ।

डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ।

साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ।

क्यालेन्डर बैंकले आफ्नो वेबसाइटमार्फत सजिलै डाउनलोड गर्न सकिने व्यवस्था गरेको बैंकले जनाकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij