२०८३ साउन ९ शनिबार

११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन

ई आर्थिक    आइतबार, चैत्र १० २०८१
2.9K
Shares
११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन

ई-आर्थिक, बारा  । बाराका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।

किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए ।

केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताए ।

उनका अनुसार गत वर्ष १० हजार दुई सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १० हजार तीन सय, आव २०८०/८१ मा १० हजार दुई सय र आव २०८१/८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij