ई-आर्थिक, काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले एतिहासिक रेकर्ड कायम गरेको छ । बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे हो । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एतिहासिक रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । सोमबार सोमबारको सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। साथै हिजो चैत्र ०५ गते एतिहासिक सूनको मूल्यलाई आजको मूल्यले ब्रेक गरिदिएको छ ।
गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे।
सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। साथै फागुनमा १३ गते पनि १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा एतिहासिक रेकर्ड, तोलामा एक हजार एकसयले बढोत्तरी