सुनको मूल्यमा एतिहासिक रेकर्ड, तोलामा एक हजार एकसयले बढोत्तरी

ई-आर्थिक,काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले एतिहासिक रेकर्ड कायम गरेको छ ।  बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे हो । आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर एतिहासिक रेकर्ड  बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो सोमबार सोमबारको सुनको मूल्य  प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे। सरकारले सुन र …