२०८३ साउन १० आइतबार

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

ई आर्थिक    मंगलबार, चैत्र ५ २०८१
6.5K
Shares
एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

ई-आर्थिक, काठमाडौं ।  एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ।

एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको हो । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ ।

यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।

सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाइ रहेको छ ।

उक्त  खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन्।

एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली सबैले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्ने बैंकले जनाएको छ। एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खातामार्फत सबैले आफ्नो प्रतिबद्धता जनाउन सक्ने बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभर रहेको आफ्ना २ सय २ शाखाहरु, १ सय ८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij