२०८३ साउन ११ सोमबार

सिटिजन्स बैंकले गर्‍यो कर्मचारीलाई सम्मान, ७९ जना कर्मचारीले पाए ‘दीर्घसेवा सम्मान’

ई आर्थिक    शुक्रबार, चैत्र १ २०८१
5.6K
Shares
सिटिजन्स बैंकले गर्‍यो कर्मचारीलाई सम्मान, ७९ जना कर्मचारीले पाए ‘दीर्घसेवा सम्मान’

ई-आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो कर्मचारीको दिवसको अवसरमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ ।

बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको हो । उक्त कार्यक्रम  बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका थिए । बैंकको वैशाख ७ गते बैंकको वार्षिक उत्सवको  दिन हो । तर  बैंकले आजको दिन चैत्र १ गते कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ ।  बैंकले १८ वर्ष पुरा गरी १९  वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दियो ।

सिटिजन्स बैंकमा  हालसम्म  १ हजार ८ सय कर्मचारी कार्यरत रहेका छन् ।

बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो  तर्फबाट सत प्रतिशत योगदान दिन सीईओ पोखरेलले आग्रह गरे ।

बैंकले विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको छ ।

बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij