ई-आर्थिक, काठमाडौं । प्रभु बैंकले मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा भीम युपीआई सेवा सुरु गरेको छ । आज मुस्ताङमा आयोजित एक विशेष समारोहका बीच भीम युपीआई सेवा सुरु गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथी रहेका थिए । भीम युपीआई सेवा मार्फत भारतीय तिर्थालुहरुले क्युआर कोड स्क्यान गरेर मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा र अन्य भुक्तानी गर्न सक्ने प्रभु बैंकले जनाएको छ ।
आज एक विशेष समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा शुभारम्भ गरिएको थियो । यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल-भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको बैंकले जनाएको हो।
साथै यो सेवा क्रस बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा प्रभु बैंकले गरेको छ।
विशेष समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजुराना मगर, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम यूपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे। उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नविनतम प्रविधिहरूको प्रवद्र्धनमा निरन्तर प्रतिबद्ध रहेको बताएका छन् ।
प्रभु बैंकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश-विदेशमा उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर, कार्यकारी निर्देशक, निर्देशक, बैंकका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तिहरूले भीम यूपीआई सेवाको शुभारम्भ मुक्तिनाथ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै नेपालमा डिजिटल वित्तीय सेवा विस्तारको दिशामा यो अर्को महत्वपूर्ण कदम हुने उल्लेख गरे।
अव भक्तजनहरुले डिजिटल सेवा लिन सकिने बैंकले जनाएको छ ।