२०८३ असोज ४ आइतबार

सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता, वित्तीय सुरक्षा सुनिश्चित र व्यवस्थापन हुने

ई आर्थिक    मंगलबार, फाल्गुन २७ २०८१
3.2K
Shares
सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता, वित्तीय सुरक्षा सुनिश्चित र व्यवस्थापन हुने

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले  व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता गरेको छ ।

ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको हो  ।

यस पहलले एंटी मनी लाउन्डरिंग ९ब्ःी० प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता  एआई  मेसिन लर्निङ को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनिकरण (एमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ ।

साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij