२०८३ साउन ९ शनिबार

औद्योगिक क्षेत्र उद्योग महासङ्घको अध्यक्षमा एजाज आलम

ई आर्थिक    आइतबार, फाल्गुन २५ २०८१
5.1K
Shares
औद्योगिक क्षेत्र उद्योग महासङ्घको अध्यक्षमा एजाज आलम

रूपन्देही । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको एजाज आलम अध्यक्षमा निर्वाचित भएका छन् । २४औं वार्षिक साधारणसभा तथा ११औं महाधिवेशनबाट बुटवलका आलमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

शनिबार राती बुटवलमा सम्पन्न महाधिवेशनबाट एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक दामोदर घिमिरेले जनाएका छन् ।

समितिको सदस्यहरुमा विरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, सुरेश बहादुर श्रेष्ठ, अक्लान्त सगर ताम्राकार, जगदीश उप्रेती, सागर शर्मा, सुयशराज पराजुली एसोसिएट सदस्य र पदेन सदस्यहरुमा उपेन्द्र अग्रवाल, बद्रिनाथ शर्मा, मोतिउर रहमान देवान,किरण कुमार कार्की, रुद्रलाल श्रेष्ठ, पवन मित्तल, कलाधर उपाध्याय, मानमोहन श्रेष्ठ, मिलन सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij