२०८३ साउन १२ मंगलबार

अर्थमन्त्रालयद्वारा स्वास्थ्य मन्त्रालयलाई थप ३ अर्ब ८४ करोड निकासा

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०८१
3.8K
Shares
अर्थमन्त्रालयद्वारा स्वास्थ्य मन्त्रालयलाई थप ३ अर्ब ८४ करोड निकासा

ई-आर्थिक, काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्।

जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij